|

काठमाडौं : नायिका श्वेता खड्काको निर्माण रहेको फिल्म 'कान्छी'ले शुक्रबारबाट आफ्नो प्रदर्शन आरम्भ गरेको छ। सोलो रिलिजको मौका पाएको कान्छीले देशभर ७० बढी हल पाएको छ।

दयाहाङ राई र श्वेताकै मुख्य भूमिका रहेको फिल्म कान्छीलाई आकाश अधिकारीले निर्देशन गरेका हुन्। सामाजिक प्रेम कथामा आधारित रहेर निर्माण गरिएको यस फिल्ममा दया र श्वेतासँगै कामेश्वर चौरसिया, अशान्त शर्मा, अनु शाह, भूमिका श्रेष्ठ, प्रज्वल सुजल गिरी, नीर शाहलगायतको मुख्य भूमिका रहेको छ।

मुस्ताङ, अपर मुस्ताङ, जोमसोम, राजधानीलगायतका ठाउँमा खिचिएको यस फिल्ममा शैलेश खड्का निर्माताका रूपमा रहेका छन्। रविन खड्का यस फिल्मका सहनिर्माता हुन्।

'काया फिल्मस्' र 'बुम रेमिट'को ब्यानरमा निर्माण भएको यस फिल्ममा अर्जुन पोखरेल, राजनराज सिवाकोटी, शम्भुजित बाँस्कोटाको संगीत, वसन्त श्रेष्ठको नृत्य निर्देशन, हिमाल केसीको द्वन्द्व समावेश छ। पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई वनीष शाह र भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.