|

पाल्पा : पाल्पामा धारिलो हतियार प्रहार गरेर एक महिलाको हत्या गरिएको छ।

बगनासकाली गाउँपालिका-२ पोखराथोककी ६० वर्षीया ईश्वरी भट्टराईको शुक्रबार बिहान ७ बजे हत्या गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

भट्टराईका छिमेकी विष्णु खनालले धारिलो हतियार प्रयोग गरी हत्या गरेको नायव उपरीक्षक घिमिरेले बताए।

हत्याका अभियुक्त खनाललाई तानसेन नगरपालिका- ६ वर्तुङबाट प्रहरीले पक्राउ गरेको छ। हत्या गरेर फरार भएका उनलाई लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

हत्या के कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक घिमिरेले जानकारी दिए। प्रहरीले अभियुक्त खनालको खोजी गरिरहेको बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.