|

सुर्खेत : प्रदेश ६ को उपसभामुखको लागि शुक्रबार उम्मेदवारी दर्ता हुँदैछ।

प्रदेशसभा सचिवालयले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म उपसभामुख पदको उम्मेदवारी दर्ताको लागि समय निर्धारण गरिएको संसद सचिवालयका सचिव राजेश पौडेलले जानकारी दिए।

दिउँसो २:३० बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने प्रदेश सचिवलायले जनाएको छ। शनिबार बस्ने प्रदेशसभाको बैठकले उपसभामुख चयन गर्ने कार्यक्रम तय गरिएको छ।

प्रदेशसभाको बैठक शनिबार दिउँसो १ बजे डाँकिएको छ।

यो प्रदेशको प्रदेशसभामा वाम गठबन्धनको बहुमत छ। वाम गठबन्धनका दलहरु एमाले र माओवादीले गरेको सहमति अनुसार प्रदेश ६ को उपसभामुख माओवादी केन्द्रको भागमा परेको छ।

उपसभामुखमा कसले उम्मेदवारी दिने भन्ने बारे टुङ्गो नलागेको माओवादी सांसद गोपाल शर्माले जानकारी दिए। उपसभामुखमा कसलाई पठाउने भन्ने विषयमा छलफल भईरहेको भन्दै सुर्खेतकी सांसद पुष्पा घर्ती र सिता नेपाली मध्ये एकजनाले उपसभामुखमा उम्मेदवारी दिन सक्ने सांसद शर्माले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.