|

कपिलवस्तु : कपिलवस्तुको मायादेवी गाउँपालिका–४, पिपराका वडा अध्यक्षका छोराको अपहरण भएको छ।

वडाअध्यक्ष फत्ते मोहम्मदका ६ बर्षीय छोरा मोहम्मद रेहमानको बिहीबार अपहरण भएको हो। अपहरण कसले गरेको हो भन्ने खुलेको छैन।

घर नजिकैको निसवा स्कुल, गुल्डीहवामा नर्सरीमा पढ्ने रेजमानलाई स्कुल जाँदै गर्दा गाउँबाटै अपहरण गरिएको वडाअध्यक्ष मोहम्मदले बताए।

आफ्नो छोराको अपहरण भएको खबर बेलुका ५ बजे मात्र थाहा भएको उनले बताए। उनले भने, “बिहानै नजिकैको स्कुल जान हिँडेको थियो, तर बेलुकासम्म घर नआएपछि सोधखोज गर्दा भेटिएन।”

अपहरण भएकोबारे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी गरेको मोहम्मदले जानकारी दिए। अपहरणबारे प्रहरीले अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.