|

हलिउडकै सुन्दर जोडीमध्येको एक जेनिफर एनिस्टोन र जस्टिन थेरोक्स अलग भएका छन्। बिहीबार विज्ञप्ती जारी गर्दै उनीहरुले आफ्नै वैवाहिक सम्बन्ध समाप्त भएको घोषणा गरेका हुन्।  

‘हामीबीचको सम्बन्धलाई लिएर ट्यावलोइडहरुले शंका/आशंका नगरुन् र कल्पनिक कथा तयार नगरुन्, समर्थकमाझ वास्तविकता सोझै प्रवाह होस् भनेर यस्तो निर्णय गरेका छौं,’ विज्ञप्तीमा भनिएको छ।  

एनिस्टोनकी प्रवक्ता स्टेफेन हुभानेले एशोसियट प्रेससँगको कुराकानीमा यो जोडी औपचारिक रुपमा अलग भएको बताइन्। ‘हामीले मिलेर प्रेम र समझदारीपूर्वक गत वर्षको अन्त्यमा यस्तो निर्णय गरेका हौं,’ उनीहरुलाई उदृत गर्दै हुभावेले भनिन्।

सन् २०१२ को अगस्टमा यो जोडीले इन्गेजमेन्ट गरेको थियो। सन् २०१५ मा उनीहरुले विवाह गर्दै आफ्नो सम्बन्धलाई औपचारिकता दिएका थिए। उनीहरुका सन्तान भने छैनन्।  

४९ वर्षीय एनिस्टोन ब्राड पिटकी पूर्व श्रीमती हुन्। उनीहरुले सन् २००५ मा डिभोर्स गरेका थिए। त्यसपछि ब्राड पिटले एन्जेलिना जोलीसँग विवाह गरेका थिए।

एनिस्टोनको सम्बन्ध लामो समयदेखिका साथी थेरोक्ससँग झांगिएको थियो।

जुन, विवाहसम्म पुग्यो। तर पछिल्लो समय उनीहरुको दूरी टाढा हुँदै गएको थियो। एनिस्टोन लस एन्जलस तथा थेरोक्स न्युर्योक सिटीमा अधिकांश समय बस्थे। उनीहरु आ–आफ्नो काममा व्यस्त छन्। जेनिफर एटलान्टामा सुटिङका क्रममा व्यस्त छिन् भने ४६ वर्षीय थेरोक्स ‘द स्पाई हु डम्पेड मी’ को सुटिङका लागि हंगेरीको बुडापेस्टमा छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.