|

एजेन्सी : फिल्म प्याडम्यानका कारण यतिबेला अक्षयकुमार चर्चामा छन्। तर उनले फिल्ममा जसरी नै वास्तविक जीवनमा पनि सेनेटरी प्याडको प्रयोगका लागि महिलाहरुलाई प्रोत्साहन गर्न थालेका छन्।  

पत्नी ट्वीकंल खन्नासँगै उनी महिनावारीका विषयमा सचेतना फैलाउन विभिन्न कार्यक्रममा व्यस्त हुने गरेका छन्। बिहीबार अक्षयले मुम्बईको सेन्ट्रल एसटी बस डिपोमा प्याड वेडिंङ मेसिन राखिदिएका छन्। यस कामका लागि उनलाई शिवसेनाका अध्यक्ष आदित्य ठाकरेले मद्दत गरेका थिए। अक्षयले देशका सबै कुनामा यस्ता मेसिन राखिनुपर्ने बताएका छन्। 

फिल्म प्याडम्यान यस्तै कथामा बनेको छ। सामाजिक अभियन्ता अरुणाचलम मुरुगनाथमले २० साल पहिले ग्रामीण इलाकामा सस्तैमा प्याड उत्पादन गर्नका लागि मेसिन निर्माण गरेका थिए। फिल्मले यही कथा देखाएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.