|

क युवाले अनौठो दाबी गरेका छन्। आफूलाई टाइम ट्राभलर भन्‍न रुचाउने यी युवाले सन् २०३० मा पुगेर फेरि फर्किएको दाबी गरेका छन्। अस्ट्रेलियाको एक रेडियोमा उनले सन् २०३० सम्मको भविष्यवाणी गरेका हुन्।

सन् २०३० सम्म के–के हुन्छ भन्ने विषय अाफूले देखिसकेको उनको दाबी छ। अनौठो कुरा के छ भने ‘लाई डिटेक्टर टेस्ट’ (झुठ पत्ता लगाउने मेसिन) ले पनि यी व्यक्तिलाई सही देखाएको छ। 

यस्तो छ दाबी ?

नोहाका अनुसार उनी सन् २०३० मा पुगिसके। उनका अनुसार विवादका बाबजुद अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को चुनाव पनि जित्नेछन्। त्यस्तै सन् २०२० देखि नै मानिसहरुसँग यस्ता रोबर्ट हुनेछन्। जसले हाम्रो घर एक्लै सम्हाल्नेछ।  

उनका अनुसार सन् २०२० सम्ममा मोबाइल फोनको सोचेभन्दा धेरै गुणा ठूलो हुनेछ। सन् २०२८ बाट मानिसले मंगल ग्रह जाने र आउने काम सुरु गर्नेछ। यहीं वर्ष टाइ ट्राभल र टाइम मेसिनको प्रयोग पनि सामान्य हुनेछ। उनका अनुसार आगामी केही वर्षमा क्यान्सरजस्ता रोगको उपचार पनि सामान्य रुपमै हुनसक्नेछ।  
नोहाले गरेका केही दाबी पत्याउन सकिने थिए भने केही दाबी पत्याउनै गाह्रो पर्ने थिए।

त्यसैले ‘लाई डिटेक्टर टेस्ट’ (झुठ परीक्षण गर्ने मेसिन) मार्फत उनको परीक्षण गरियो। उनले साँचो बोलेको देखियो। त्यसपछि केही मानिसहरुले उनको दाबी पत्याइरहेका छन्। सामाजिक सञ्जालका केही प्रयोगकर्ताहरुले उनलाई पागल भनेका छन्।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.