|

ऋतिक रोशन र कंगना रनौत कुनै समय प्रेम सम्बन्धमा थिए। त्यसपछि उनीहरुबीच ब्रेकअप भयो। दुबै एकअर्का विरुद्ध आरोप–प्रत्यारोपमा उत्रिए। एकले अर्काको नाम समेत सुन्न चाहेनन्।

तर, अहिले फेरि उनीहरुबीचको कनेक्सन चर्चामा छ। स्पटब्वाई डट कममा प्रकाशित समाचार अनुसार कंगनाले ऋतिककी पूर्व म्यानेजर अन्जलीलाई आफ्नो व्यवस्थापकीय कामको जिम्मेवारी दिएकी छिन्।

वर्षौसम्म अन्जना संलग्न एक्सिड कम्पनीले ऋतिकको व्यवस्थापकीय काम हेर्दै आएको थियो। तर पछिल्लो समय ऋतिकले यस कम्पनीले आफूलाई गुमराहमा राखेको आशंका गर्दै सम्झौता नवीकरण गरेनन्। ऋतिकलाई के लागेको थियो भने उनका ग्राहक तथा प्रायोजकहरुसँग भेटाइदिने क्रममा एक्सिडले मोटो रकम कमिसन लिने गरेको छ। ऋतिक र एक्सिड कम्पनीबीचको विवादको मार अन्जनालाई परेको थियो। उनी पछिल्लो ७ महिना खाली थिइन्।

त्यसपछि उनलाई कंगनाले आफ्नो व्यवस्थापक नियुक्त गरेकी हुन्। अहिले उनी ब्लिंग कम्पनी आबद्ध छिन्। ऋतिकसँग लामो समय काम गरे पनि अन्जलीलाई उनका थुप्रै गोप्य विषयबारे जानकारी पनि छ। तर, उनी निकै व्यवसायिक मानिन्छिन्। उनले कंगनासँग काम गर्नुअघि नै ऋतिकका विषयमा कुनै पनि कुरा नगर्ने जानकारी गराएको बताएकी छिन्। कंगना र ऋतिकबीचको ब्रेकअपपछि दुबै एकअर्कासँगको आरोप–प्रत्यारोपमा उत्रिएका थिए। उनीहरुबीचको विवाद अदालतसम्म पुगेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.