|

एजेन्सी : लुल्वा १२० किलोग्रामको केकको नाम हो। यो केक विवाहका लागि सजाइएकी दुलही जस्तै देखिन्छ। त्यसैले यस केकलाई नयाँ नाम दिइएको छ, ‘मिलियन डलर ब्राइड।’

केक निकै आकर्षक थियो। यो केक युएईमा भएको ‘२०१८ दुबई ब्राइड शो’मा प्रदर्शनमा राखिएको थियो। शोमा सार्वजनिक गरिएको केकलाई काटेर अतिथिहरूलाई खुवाइएको थियो।  

अरबी दुलही जस्तै देखिने यस केकको डिजाइन डेबी विङह्यामले तयार पारेकी हुन्। विङह्याम विश्वकै महँगो डिजाइनरमध्ये एक मानिन्छिन्। उनले यो केकको डिजाइन भर्खरै तयार पारेकी हुन्। विङह्याम विश्वका आश्चर्यलाग्दा र महँगा वस्तुहरू सिर्जना गर्न रुचाउँछिन्।

यसअघि उनले १६ मिलियन डलरको जुत्ता, ४.८ मिलियनको हिरो कपडालगायतका थुप्रै सामग्री तयार पारेकी छन्। केकमा थुप्रै लेयरका स्पोन्ज, २५ किलोग्राम चकलेट र अन्य बहुमूल्य सामग्री प्रयोग गरिएको छ। १२० किलोको यस केकलाई उचाल्नका लागि कम्तीमा पनि ६ जना चाहिन्छ। ‘कसैले पनि यसलाई केक हो भनेर विश्वास गर्दैनन्। खासमा उनी मेरालागि मानिस जत्तिकै सुन्दर छिन्। म उनलाई लुल्वा भनेर बोलाउँछु’, डेबीले भनेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.