|

रुकुम : रुकुमपश्चिमको बाफिकोट गाउँपालिका– ५ काँडागाउँमा प्याराग्लाइडिङको सफल परीक्षण भएको छ। स्वीट्जरल्याण्डका नागरिक २७ वर्षका डेनियाले काँडाका ३  ठाउँबाट उडान भरेका थिए। 

उनले वडा नम्बर– ५ को रैपोखरी, दुदिल्डाँडा र काँडाको चुच्चे ढुंगा देउराली गैराबाट ३ दिनसम्म उडान परीक्षण गरेका हुन्। पहिलो दिन जन्ती बस्ने लेकबाट उडान भरेको प्याराग्लाइडिङ स्यार्पुमा गएर अवतरण गरिएको थियो। 

परीक्षणपछि प्याराग्लाइडिङको अवतरण स्यार्पुको छेउमा गरिएको छ। स्थानीय गोपाल केसीका अनुसार प्याराग्लाइडिङको बाफिकोटमा पहिलो परीक्षण हो। उनका अनुसार प्याराग्लाइडिङ परीक्षण हेर्न स्थानीयहरूको घुइँचो लागेको थियो। स्थानीयहरूले प्याराग्लाइडिङका पाइलट डेनियालाई माला लगाएर सम्मानसमेत गरेका थिए। 

गत वर्ष जन्ती बस्ने लेकबाट मुसिकोटको सल्लेसम्म पनि सफल परीक्षण गरिएको थियो।

हेर्नुहोस् फोटो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.