|

बच्चाहरु स्कुल जान किन डराउँछन् ? उनीहरुलाई नै सोध्ने हो भने अधिकांशको उत्तर हुन्छ शिक्षक-शिक्षिकासँगको डर। भारतमा शिक्षक-शिक्षिकाहरुले विद्यार्थीलाई चरम दण्ड दिएका थुप्रै उदाहरण भेटिन्छन्। निजी विद्यालयको तुलनामा सरकारी विद्यालयमा यस्ता घटना धेरै भेटिन्छन्।  

तर, यस्ता उदाहरणीय शिक्षक भेटिएका छन्। जो, शारिरीक दण्ड नभएर स्नेहमा विश्वास गर्छन्। उनले स्कुल नआउने विद्यार्थीहरुलाई घरमै गएर हात ढोंगेर विद्यालय बोलाउने गरेका छन्। आजकल उनका फोटाहरु सामाजिक सञ्जालमा भाइरल छन्।  

तमिलनाडुको विल्लुपुरमस्थित एक सरकारी स्कुलका हेडमास्टर जी बालु थुप्रै शिक्षक-शिक्षिकाहरुका लागि प्रेरणा बन्नसक्छन्। उनको स्कुलमा ६ कक्षासम्म पढाई हुन्छ र १ हजार विद्यार्थी छन्। अधिकांश विद्यार्थी गरिब र मजदूर परिवारका छन्। त्यसैले विद्यार्थीहरुको प्राथमिकतामा शिक्षाभन्दा पनि रोजीरोटी पर्छ।  

बालु चाहन्छन् कि उनको स्कुलमा बच्चाहरु दैनिक पढ्न आउन्। त्यसैले उनी कोही विद्यार्थी अनुपस्थित भयो भने उसको घरमा जान्छन्। हात जोडेर अभिभावक विद्यार्थीलाई संझाउँछन् र शिक्षाको महत्व बुझाउँछन्।  

‘पिटाईभन्दा विनम्रताको हतियार धेरै प्रभावशाली हुन्छ ,’ उनले भनेका छन्। उनको यस्तो व्यवहारले अभिभावक तथा बच्चाहरुमा पनि सकारात्मक सोच विकास भएको छ। अभिभावकहरुले विद्यार्थीहरुलाई पढ्न पठाउने गरेका छन्।

...

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.