|

  • रमेश रावल

कालिकोट: कालिकोटमा म्याद सकिएको खाद्य पदार्थको सामान बिक्री गर्दा लेखिए म्याद केरकार गरेर बिक्री गरेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय कालिकोटले गरेको अनुगमनमा सामानको उपभोग गर्न मिल्ने अन्तिमा लेखिएको ठाँउमा कलमले केरेर राखिएको पाइएको हो। 

‘म्याद सकिएका खाद्य सामानमा म्याद लेखेको ठाउँमा कलमले केरकार गरेर बिक्रि गर्ने गरेको छन्।’ कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले  भने,‘यो ठुलो खेलवाड हो।’

अनुगमन गरिएका जिल्लाका अधिकांश पसलहरुमा  ब्यापारीहरुले म्याद सकिएका पेय पदार्थ, जंगफुड र मसलाका सामानहरु म्याद सकिएको ठाउँमा केरकार गरेर बिक्री गर्ने गरेको पाइएको दुलालले बताए। 

त्यस्तै, खाद्यान्न र तरकारी बिक्रि गर्ने पसलहरुमा राखिएका तराजुहरुमा ब्यापारीहरुले  ढुंगा राखेर उपभोक्ता कम तौलमा सामान बिक्री गरेको समेत पाइएको उनगमन टोलीले जनाएको छ।

दुलालले यसरी उपभोक्तालाई ठग्ने पसलहरुमाथि कानुनअनुसार कारबाही हने बताएका छन्। अनुगमन टोलीले म्याद गुज्रेका सामान र तौलमा तलमाथि गरिएको तराजुहरु जफत गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.