|

दाङ : लागुऔषध चरेससहित दाङमा २ जना पक्राउ परेका छन्। जिल्लाको घोराही उपमहानगरपालिका– १७ चौघेराबाट चरेससहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

लागुऔषध चरेस कारोवार तथा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र दाङबाट संयुक्त रूपमा खटिएको विशेष टोलीले चौघेरास्थित सुमित्रा शर्माको घरबाट २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिए।

उनका अनुसार शर्माको घरमा कोठा भाडामा लिई बस्ने थवाङ गाउँपालिका– ४ रोल्पा बस्ने वर्ष २८ का मूलमान रोका मगर र रुकुमको भुमे गाउँपालिका- ७
बस्ने वर्ष १८ का जल्को बुढा मगरलाई लागुऔषध चरेस कारोवार गरिरहेको अवस्थामा पक्राउ गरिएको हो।

सेतो प्लाष्टिकमा पोको पारेको अवस्थामा ३५ किलो चरेस, तौलनका लागि प्रयोग गर्ने तराजु र ढक १/१ थानसमेत फेला पारी बरामद गरी उनीहरूलाई मुद्दा चलाइएको प्रहरी प्रमुख सिंहले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.