|

गोरखा : माओवादी केन्द्रले प्रदेश ४ को सरकारमा पठाउनका लागि सिफारिस गरेको २ मन्त्रीले पनि शुक्रबार नै शपथ ग्रहण गरेका छन्।

यसअघि माओवादी केन्द्रले संसदीय दलका नेता हरिबहादुर चुमान र गोरखाका प्रदेशसभा सदस्य लेखबहादुर थापालाई मन्त्रीका लागि नाम सिफारिस गरेको थियो।

माओवादीका नेता हरि अधिकारी र देव गुरुङको उपस्थितिमा भएको बैठकले २ नेता छनोट गरेको हो। उनीहरूलाई प्रदेश प्रमुख बाबुराम कुँवरले शपथ खुवाएका हुन्।

आन्तरिक मामिला तथा कानुन, प्रदेशको गृहमन्त्रालयमा चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा थापाको नाम छ सिफारिस गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.