|

लहान : आफ्नै काकाकी छोरीलाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले सप्तरीको खडक नगरपालिका ९ का १८ वर्षीय राजदेव मण्डललाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलनमार्फत  पक्राउ गरिएका मण्डलले पछिल्लो माघ २५ गते काकाकी छोरी १३ वर्षीया बहिनी पार्वतीकुमारी मण्डलको बलात्कारपछि हत्या गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले आप्mनै कोठामा सुतिरहेकी बालिकालाई मण्डलले  बलात्कारपछि सुरुवालको तुनाले घाँटीमा बाँधेर हत्या गरेको स्वीकार गरेको पत्रकार सम्मेलनमा जानकारी दिए। 

मृत्युपछि बालिकाको शवलाई गाउँ नजिकै जलाउने तयारी गरिरहेका बेला मावली हजुरबाले ‘अस्पताल लगिए बचाउन सकिन्छ’ भन्दै राजविराजस्थित गजेन्द्रनारयण सिंह सगरमाथा अञ्चल अस्पताल पु¥याइएपछि घटना उजागर भएको प्रहरी उपरीक्षक सिंहले बताए। उपचारका लागि अस्पताल पुर्‍याएकी बालिकालाई अस्पतालले मृत घोषणा गरे पनि घाँटीको निलडाम देखेपछि प्रहरीसम्म खबर पुगेको जनाइएको छ।

प्रहरीले त्यसलगत्तै मृतक बालिकाको शवलाई पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएर आरोपी मण्डललाई पक्राउ गरेको थियो। ‘पोष्टमार्टम प्रतिवेदन आएपछि आरोपीविरुद्ध कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउँछौं’ पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सिंहले भने। 

२ वर्षीया बालिका पनि बलात्कृत 

बहिनीलाई बलात्कार गरी हत्या गरेको घटना भएको हप्तादिन नबित्दै सप्तरीमा २ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १२ वर्षीय १ बालक पक्राउ परेका छन्। बालिकालाई उनकै छिमेकी बालकले बलात्कार गरेको मौखिक उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाको सूचना पाएलगत्तै पुगेको इलाका प्रहरी कार्यालय छिन्नमस्ताबाट गएको प्रहरी टोलीले आरोपी बालकलाई बिहीबार राति घरबाट पक्राउ गरेको हो। 

बलात्कारपछि रक्तश्राव नरोकिएपछि तत्काल पीडित परिवारले बालिकालाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरेका छन्। बालिकाको अवस्था गम्भीर रहेको जनाइएको छ। पीडित बालिका र आरोपी बालक दुवै जनाको सोही अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरी उपरीक्षक सिंहले बताए। 

पीडित परिवारले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरी दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सिंहले शुक्रबार पत्रकार सम्मलेन गरी जानकारी दिए। बाल बालिकासम्बन्धी ऐन २०४८ अनुसार आरोपी बालकलाई बालमैत्री वातावरणमा राखेर अनुसन्धान गर्नुपर्ने भए पनि जिल्लामा त्यस्तो व्यवस्था नहुँदा प्रहरी कार्यालयमै सुरक्षाकर्मीहरूसँग राखिएको प्रहरी उपरीक्षक सिंहले बताए।  

यो वर्ष मात्रै १७ मुद्दा दर्ता

सप्तरी जिल्लाका विभिन्न ठाउँका गरी चालू आर्थिक वर्षको पछिल्लो माघसम्म १७ वटा बलात्कारसम्बन्धी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सप्तरीको मुद्दा शाखाले जनाएको  छ।

मुद्दा दर्तापछि  तत्काल १९ जनालाई पक्राउ गरी कारबाही गरिएको छ भने ३ जना फरार रहेको जनाइएको छ। उक्त अवधिमा बलात्कार उद्योगका १० वटा मुद्दा दर्ता गरी १० जनालाई पक्राउपछि कारबाही गरिएकोे छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.