|

काठमाडौं : प्रधानमन्त्री चयन भएलगत्तै संघीय संसद् बैठक डाक्ने तयारी सुरु भएको छ। प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ३० दिनभित्र राष्ट्रपतिले संघीय संसदको बैठक डाकिसक्नुपर्ने संवैधानिक प्रावधानअनुसार बैठक डाक्ने तयारी सुरु भएको हो।

संसदको पहिलो बैठक राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था भए पनि उनले सरकारको सिफारिस पर्खिरहेकी छन्। ‘संघीय संसद् बैठक आह्वानका लािग सरकारको सिफारिस आएपछि मात्रै बैठक बोलाउने तयारी भएको छ,’ राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकार डा. भेषराज अधिकारीले भने, ‘राष्ट्रपतिज्यूले सरकारको बैठक आह्वान गर्ने सिफारिसपछि मात्रै बैठक बोलाउनु हुनेछ।’

संघीय संसदको पहिलो बैठक बोलाउन सरकारको सिफारिस आवश्यक नपर्ने भएपनि उनले सरकारको सिफारिस कुरिरहेकी छन्। संविधानको धारा ९३ को उपधारा १ बमोजिम राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसदको अधिवेशन आह्वान गर्ने प्रावधान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.