|

काठमाडौं :

प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्रीको बागडोर सम्हालको दुई दिन बितिसक्दा पनि अल्छी कर्मचारीले केही मन्त्रालयको वेबसाइटमा पुरानै मन्त्रीको फोटो र नाम राखेर मन्त्रालयको वेबसाइटको धज्जी उडाएको छ।

प्रधानमन्त्री ओलीले सपथ ग्रहण गरेलगत्तै केही मन्त्रालयले आफ्नो विभागीय मन्त्तीको नाममा प्रधानमन्त्री ओलीको नाम र फोटो अपलोड गर्न भ्याइसकेका छन्। तर १० वटा मन्त्रालयको वेबसाइटमा पुरानै मन्त्री र राज्यमन्त्रीको नाम राखिएका छन्। 

शुक्रबार दिउँसो सबै मन्त्रालयको वेबसाइट हेर्ने क्रममा प्रधानमन्त्री कार्यालयसहित ३१ मन्त्रालयमध्ये १० वटाले पुरानै मन्त्रीको नााम राखिराखिका छन्।

शिक्षा मन्त्रालयको वेबसाइटमा उप्रधानमन्त्री तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ र राज्यमन्त्री शेषनाथ अधिकारीको नाम राखिएको छ। संघीय मामिला तथा स्थानीय विकाकास मन्त्रालयको वेबसाइटको हबिगत पनि त्यस्तै छ। सो मन्त्रलयको वेबसाइटमा उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार र राज्यमन्त्री जनकराज चौधरीको नाम राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.