|

काठमाडौं : माओवादी केन्द्रका तर्फबाट सिरहा निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य निर्वाचित सुरेशचन्द्र दासको नाम भारतीय मतदाता सूचीमा रहेको खुलेको छ। भारतमा मतदाता हुनका लागि १८ वर्ष उमेर पुगेको भारतीय नागरिक हुन आवश्यक छ।

प्राप्त कागजातअनुसार भारत, बिहार राज्यको दरभंगा जिल्लास्थित दरभंगा नगरपालिकामा दासको नाम छ। उनको नाम अहिले पनि भारतीय निर्वाचन आयोगको आधिकारिक वेबसाइट ‘डब्ल्युडब्ल्युडब्ल्यु डट ईसीआई डट आईएन’ मा भेटिन्छ।

भारतीय भोटर आईडीमा दासको पिताको नाम देवनाथ दास उल्लेख छ। उनको फोटोसहितको मतदाता परिचयपत्र नम्बर आईएजी ०३७३१८३ छ। उनको मतदाता क्रमांक १७५ छ। दासको  मतदान केन्द्र मैथिली साहित्य परिषद्, मिश्रटोल,साउथ पार्ट उल्लेख छ। लालबाग प्रोफेसर कोलोनी मिर्जापुर, नगर निगम दरभंगा, दरभंगा जिल्ला–८४६००४ मतदाता परिचयपत्रमा दासको नाम ठेगाना उल्लेख छ।

दासको मात्र होइन, उनकी श्रीमती रेखाको नाम पनि भारतीय मतदाता सूचीमा छ। रेखाको मतदाता परिचयपत्र सीएफबी ५१९४२८७ छ। उनको मतदाता क्रमांक १०१ हो। माओवादीबाट सांसद बनेका दासको नेपाल पनि सिरहा क्षेत्र नम्बर २ मा नाम छ। उनको नेपाली मतदाता परिचयपत्र नम्बर १४५७६९८८ हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.