|

अन्तिम एक दिवसीय खेलमा पनि कप्तान विराट कोहलीले सतक प्रहार गरेपछि भारतले घरेलु टिम  दक्षिण अफ्रिकाविरुद्ध ८ विकेटको जित निकालेको छ। विराट कोहलीले अविजित १२९ रन जोड्दै एकै सिरिजमा ५०० रन पुरा गर्ने पहिलो खेलाडी बने। यसअघि उक्त कीर्तिमान रोहित शर्माको नाममा रहेको थियो। शर्माले  एकै  सिरिजमा ४९१ रा बनाएका  थिए।

छैटौं एक दिवसीय खेलमा भारतका युवा बलर शार्दुल ठाकुरले ४ विकेट लिएपछि अफ्रिका पहिलो इनिङमा २४ रनमा समेटिएको थियो। जवाफमा  कप्तान कोहलीको शतकीय इनिङका कारण भारतले ३२ दशमलव १ ओभरमा नै जित निकाल्न सफल भयो। भारतले ८० रनको अवस्थामा शिखर धवन (१८) र रोहित शर्मा (१५) लाई गुमाइसकेको थियो। तर, कप्तान कोहली र अजिङक्य रहाणेले १२६ रनको शतकीय साझेदारी गरे। रहाणेले अविजित ३४ रन बनाए।

शुक्रबार राति भएको खेलमा कोहली विस्फोटक शैलीमा प्रस्तुत भए। उनले १९ चौका र २ छक्काको सहयोगले ९६ बलमा १२९ रन बनाएका थिए। यो शृंखलामा उनको यो तेस्रो शतक थियो भने एक दिवसीयमा ३५औं हो। यसअघि शार्दुलले अफ्रिकी भूमिमा ४ विकेट लिने तीव्र बलर बन्न एडम मार्कराम, हसिम अमला, फरहान बेहार्डिन र फेलुकवायोलाई आउट गरेका थिए। उनको यो पहिलो खेल हो।

यसअघि नै सिरिज कब्जा गरेको भारतले समग्रमा  ५-१ को जित निकाल्यो। विराटले ६ खेलमा ५५८ रन बनाए।  छैटौं खेलको म्यान अफ दि म्याच र शृंखलाको उत्कृष्ट खेलाडी कोहली चुनिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.