|
bbc.com

मेक्सिकोको दक्षिण–पश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ। वहाका राज्यमा गएको ७.२ म्याग्निच्युडको भूकम्पले त्यस क्षेत्रदेखि करिव तीन सय किलोमिटर टाढा रहेको राजधानी मेक्सिको सिटीमा रहेका भवनहरू समेत हल्लाएको थियो।

शक्तिशाली भूकम्प गएपनि अहिले सम्म हाताहातीका विवरण नआएको बीबीसीले जनाएको छ। विद्यालयहरूमा उद्धारका कामहरू अघि बढाइएकोे छ। भूकम्पको महसुस भएपछि मेक्सिको सिटीमा हजारौं मानिसहरु आतलिएर सडकमा निस्किएका थिए। उनीहरु एकापसमा अंकमाल गर्दै रोएको र अंगालो हालेर बसेको बताइएको छ।

यस पटक गएको भूकम्प एक शताब्दीयताकै शक्तिशाली भूकम्प भएको अधिकारीहरुले जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.