|

सिन्धुली : कमलामाई नगरपालिका– २ साउनेपानीमा जीप दुर्घटना  हुँदा एकै गाउँका ४ जनाको मृत्यु भएको छ। सदरमुकाम सिन्धुलीमाडीबाट गोलान्जोर जाँदै गरेको बा ११ च २२७५ नम्बरको जिप सेल्फीडाँडानजिकै सडकबाट ५० मिटर तल खस्दा ४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५८ वर्षीय लक्ष्मी देवकोटा, २२ वर्षीय युवराज लुंगेली मगर, २० रेशम कार्की र १९ वर्षीय नवराज थापा छन्। उनीहरू सबै एकै गाउँ गोलन्जोर नगरपालिका–५ का भएका सिन्धुलीका प्रहरी  नायब उपरीक्षक विनोद शर्माले  बताए।

दुर्घटनामा १० जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको  अवस्था गम्भीर भएकाले काठमाडौं रिफर गरिएको डीएसपी शर्माले बताए। सामान्य घाइते ५ जनाको सिन्धुली जिल्ला अस्पतालमा उपचार भएको छ ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.