|

सुर्खेत : प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार सपथ लिए पनि मन्त्रिमण्डल विस्तार हुन सकेन। सत्ता साझेदार नेकपा एमाले र मुख्यमन्त्रीको पार्टी नेकपा माओवादी केन्द्रबाट मन्त्रिमण्डलमा जाने मन्त्रीको टुंगो नलाग्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो।

शुक्रबार मन्त्रिमण्डल विस्तार नभए पनि आइतबार दुवै दल समावेश भई मन्त्रिमण्डल विस्तार हुने एमाले संसदीय दलका नेता यामलाल कँडेलले बताए। मन्त्रिमण्डलमा एमलालेका चार र माओवादी केन्द्रबाट दुई जना समावेश हुने जनाइएको छ। 

मुख्यमन्त्री शाहीले प्रदेश प्रमुख दुर्गाकेश खनालबाट सुर्खेतस्थित मुख्यमन्त्रीको कार्यालयमा पद तथा गोपनीयताको सपथ लिएलगत्तै उनले पदभार ग्रहण गरे।  पदभार ग्रहण गर्दै मुख्यमन्त्री शाहीले प्रदेश ६ सबैभन्दा कान्छो प्रदेश रहेको उल्लेख गर्दै प्रदेशलाई विकसित बनाउन चुनौती रहेको बताए। उनले उक्त प्रदेश ६ स्थापना गर्न चार जना जना शहीदले बलिदानी भएको स्मरण गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.