|

बारा : बाराको सिमरामा जारी सिमरा गोल्डकपको उपाधिका लागि शनिबार विभागीय टोली नेपाल आर्मी क्बल र थ्री स्टार क्लब आमनेसामने हुँदैछन्। दुई टिमबीचको खेल सिमरा रंगशालामा दिउँसो तीन बजे सुरु जनाइएको छ।

यसअघि पनि एक पटक उपाधि चुमिसकेको आर्मी क्लब जित दाहो¥याउने दाउमा छ। यस्तै, पहिलो पटक फाइनलमा पुगेको थ्री स्टार पनि उपाधि हत्याउने दाउमा रहेको छ। ०७१ मा सम्पन्न छैटौं संस्करणको विजेता आर्मी सिमरा गोल्डकपको फाइनलमा पुगेको यो दोस्रो पटक हो। उसले गत वर्ष संकटा क्लबसँग पराजित हुँदै उपविजेताका रुपमा चित्त बुझाएको थियो।

प्रतियोगितामा दुई खेल खेल्दै फाइनलमा पुगको आर्मीले अहिलेसम्म गोल खाएको छैन। उत्ता थ्री स्टारलाई पनि कम आँक्न मिल्दैन। उसले धरानमा भर्खरै सम्पन्न बुढासुब्बा गोल्डकपको उपाधि जितिसकेको छ। त्यसैले आजको भिडन्त रोमाञ्चक हुने ठानिएको छ।

प्रतियोगिताको विजेताले पाँच लाख ५१ हजार र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल तथा विभिन्न ७ विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त पुरस्कार प्रदा गरिने आयोजकले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.