|

सिन्धुपाल्चोक : चौतारा बजारमा रहेको गैर सरकारी संस्था वर्ल्ड भिजनको कार्यालयमा गएराति आगलागी भएको छ।अागलागीका कारण करिब ९० लाख रुपैयाँ बराबरको क्षति भएको वर्ल्ड भिजनलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालयका एसपी मोहन पोखरेलले जानकारी दिए।

आगलागीका कारण २ वटा प्री–फाइव भवन र त्यहाँ भित्र रहेको कार्यालयका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ। विद्युत् सट भई आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.