|

काठमाडौं : फिल्म ‘कृ’को नयाँ गीत रिलिज गरिएको छ। फिल्म प्रदशर्नको दोश्रो सातामा निर्माण युनिटले फिल्ममा समावेश ‘उकालीमा पछि पछि’ बोलको गीत सार्वजनिक गरेको हो। सार्वजनिक उक्त गीत रंजीत गजमेरको गीतबाट रिमेक गरिएको हो। रिमेक गरिएको गीतमा अल्मोडा राना उप्रेतीको शब्द, संगीत र स्वर रहेको छ।

निकै सुन्दर छायाँकनस्थलमा खिचिएको भिडियोमा अनमोल केसी र अदिती बुढाथोकी फिचरिङ छन्। गीतमा पछि परेका अनमोलले अदितीलाई फकाइरहेको देख्न सकिन्छ। भिडियोमा एन्जिला खत्री र विक्रम लामाको नृत्य निर्देशन रहेको छ।

एक सातामै लगानी सुरक्षित गर्न सफल फिल्मले दोश्रो सातामा पनि ७० भन्दा बढी हल पाएको छ।

सुरेन्द्र पौडेल निर्देशित फिल्ममा अनमोल र अदितीसँगै अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, सुधम सिकेलगायतको मुख्य भूमिका रहेको छ। सुवास इन्टरटेन्मेन्ट र द सुपर काजोल फिल्मस्’को व्यानरमा निर्मित फिल्ममा सुवास गिरी र भूवन केसीको लगानी छ। कमल गिरी कार्यकारी निर्माता रहेको फिल्मका सह–निर्माता श्री पराजुली हुन्। फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन रहेको छ।

हेर्नुहोस् गीत :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.