|

काठमाडौं :  ११ जेठ ०७५ बाट प्रदर्शनमा आउने फिल्म अनुरागको पहिलो गीत रिलिज भएको छ। सार्वजनिक कान्छा दाइ बोलको क्लब गीतमा ताराप्रकाश लिम्बूको संगीत रहेको छ। गीतमा ताराप्रकाश र ममता गुरुङको स्वर सुन्न सकिन्छ।

विक्रम स्वाँरको कोरियफग्राफी रहेको भिडियोमा फिल्मकी मुख्य नायिका एलिजा गौतम र कार्टुन क्रुका सरोज अधिकारी फिचरिङ छन्। क्लबमा खिचिएको भिडियोमा दुबै कलाकार मज्जैले झुमेका छन्।  

‘एलिजा फिल्मस्’को ब्यानरमा निर्माण भएको ‘अनुराग’लाई सत्यराज चौलगाईले निर्देशन गरेका छन्। सांगीतिक प्रेमकथामा आधारित फिल्ममा एलिजासँगै समुन्द्र पण्डित, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना लगायतको अभिनय रहेको छ।

ऋषिराज धमला प्रस्तुतकर्ता रहेको फिल्ममा एलिजा गौतम, भरत गौतम र गीता भेटवालको संयुक्त लगानी रहेको छ। किरइ दाहालको कथा रहेको फिल्ममा सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद छ। रामकुमार केसीले खिचेको फिल्मलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्।

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.