|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘वान टु वान’ वार्ता भएको छ। शनिबार बिहान बसेको वर्तामा आइतबार एकता संयोजन समितिको बैठक बस्‍नेबारे छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

दुई अध्यक्षबीचको छलफलमा खासै केही सहमति नभए पनि छलफलमा आएका कुरालाई एकता संयोजन समितिको बैठकमा लगिने सहमति भएको उनले बताए। उनले भने,‘विशेष गरेर पार्टी एकताबारे छलफल भयो। भोलि एकता संयोजन समितिको बैठक बस्दै छ। यसमा थप छलफल हुने गरी अध्यक्षद्वयबीच छलफल भएको छ।’ माओवादी केन्द्र सरकारमा जानेबारे पनि आइतबारको एकता संयोजन समितिको बैठकमा छलफल हुने अधिकारीले जानकारी दिए। 

पर्टी एकताको टुंगो नलागेसम्म माओवादीले ओलीलाई समर्थन गरे पनि सरकारमा सहभागी नहुने अडान राखेको थियो।  एमाले जनताको बहुदलीय जनबादबाट पछि नहटेपछि पार्टी एकतामा केही ढिलाइ भएको थियो। सैद्धान्तिक विषय मिलाएर पार्टी एकताको टुंगो लागेपछि मात्र माओवादीले सरकारमा जाने बताउँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.