|

गोरखा : गोरखाका रामशरण बस्नेत शुक्रबार प्रदेश ४ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएका छन्। विभिन्न निर्वाचनमा दुईपटकसम्म चुनाव हारेका बस्नेत ०७४ को प्रदेश सभा सदस्यमा गोरखा १ को ‘ख’ प्रदेशबाट निर्वाचित भए।

यसअघि, ०५६ मा  प्रतिनिधिसभा सदस्यमा उम्मेदवार भएका बस्नेत पराजित भएका थिए। नेपाली कांग्रेका नेता चिरञ्जीवी वाग्लेले पराजित गरेका थिए। प्रस्ट वक्ताका रूपमा चिनिएका बस्नेत ०७० सालको संविधानसभाको निर्वाचनमा पनि गोरखा क्षेत्र नं. १ बाट पराजित हुन पुगे।

उनलाई तत्कालीन माओवादीका वरिष्ठ नेता तथा हालका नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराईले भारी मतान्तरले पराजित गरे। 

०५६ को प्रतिनिधिसभा र ०७० को संविधानसभाको निर्वाचनमा पराजित भएका बस्नेत ०७४ को प्रदेश सभा सदस्यमा निर्वाचनमा निर्वाचित भए। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीनिकट मानिने बस्नेतलाई प्रदेश ४ का मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार मन्त्रीमा नियुक्त गरी शपथग्रहणसमेत गराए।

यस्तो छ बस्नेतको राजनीतिक पृष्ठभूमि

विद्यार्थी राजनीतिमा २०४९ सालमा अनेरास्ववियुको राष्ट्रिय परिषदको सदस्य निर्वाचित भएदेखि उनी नेकपा एमालेको सक्रिय राजनीतिमा छन्। उनी यसअघि, दुई कार्यकाल तत्कालीन नारेश्वर गाविसको गाविस अध्यक्षसमेत भए। ०४९ र ०५४ को स्थानीय निर्वाचनमा उनी गाविस अध्यक्ष भएका थिए।

त्यसपश्चात् जिल्ला सभापतिको उम्मेदवार बनेका बस्नेत नेपाली कांग्रेसका चेतमान श्रेष्ठसँग पराजित भए। पछि नेकपा एमालेको जिल्ला कमिटीको सदस्य निर्वाचित भए। सदस्यबाट एमालेको जिल्ला कमिटी प्रवेश गरेका उनी जिल्ला कमिटिको उपसचिव, जिल्ला अध्यक्ष हुँदै पार्टीको केन्द्रिय वैकल्पिक सदस्य भए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.