|

रौतहट :  रौतहटमा भेटिएको दुर्लभ चरा गोमायु (महाचिल) केन्द्रीय चिडियाखाना ललितपुर बुझाइएको छ। फतुवा विजयपुर नगरपालिका १ शीतलपुरमा गत शुक्रबार राति भेटिएको चिल शनिबार जिल्ला वन कार्यालय रौतहटले केन्द्रीय चिडियाघरमा बुझाएको जिल्ला वन कार्यालय रौतहटका प्रमुख वन अधिकृत दिर्गनारायण कोइरालाले बताए। उक्त गोमायु चिलको पिठ्युँमा रेडियो ट्रान्समिटर जस्तो यन्त्र जडान भएको थियो।

शीतलपुर बैरगनियाको खेतमा रहेको उक्त चिललाई स्थानीय बाल बालिकाले समातेपछि चिलको खुट्टा र पिठ्युँमा केही नयाँ कुरा देखेर स्थानीयले प्रहरीलाई खबर गरी बुझाएका थिए। 

शुक्रबार प्रहरीले सो चिल जिल्ला वन कार्यालयलाई बुझाएको थियो। चिलको दाहिने खुटामा लगाइएको गोलो रिङमा अक्निथ ल्याब, नस्ट मंगोलिया २७१ लेखिएको जिल्ला वन अधिकृत कोइरालाले बताए। जिल्ला वन कार्यालय रौतहटका प्रमुख कोइरालाले सोलार प्यानलसहितको रेडियो ट्रान्समिटर जस्तो यन्त्रजडित चिल मिंगोलियाबाट नेपाल आएको बताएका छन्। रौतहटमा भेटिएको गोमायु चिल हिउँद महिनामा नेपाल आउने गरेको वन अधिकृत कोइरालाले प्रतिक्रिया दिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.