|

सुर्खेत : प्रदेश ६ को उपसभामुखमा पुष्पा घर्ती विष्ट निर्विरोध निर्वाचित भएकी छन्। शनिबार बसेको संसदको बैठकले घर्तीलाई उपसभामुुखमा निर्विरोध निर्वाचित गरेको हो।  शनिबार नै घर्तीले पद तथा गोपनीयताको शपथ लिएकी छन्।

सभामुख राजबहादुर शाहीले घर्तीलाई शपथ ग्रहण गराए। प्रदेश ६ को उपसभामुखमा माओवादी केन्द्रकी सांसद पुष्पा घर्तीको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन्। उनले शनिबार नै आफ्नो कार्यभार सम्हालेकी छन्। प्रदेश ६ को शनिबारको संसद बैठकले संसद नियमावली निर्माणको लागि ८ सदस्यीय मस्यौदा समिति पनि  गठन गरेको छ। मस्यौदा समितिमा एमालेका प्रकाश ज्वाला, दल रावल र मीना रखाल, माओवादी केन्द्रका सीता नेपाली र धर्मराज रेग्मी, नेपाली कांग्रेसका डिलबन्धु श्रेष्ठ  र यज्ञ बि.सी. त्यस्तै, राप्रपाकी शोसिला शाही रहेका छन्।

समितिको पहिलो बैठकले समिति संयोजक टुंगो को लगाउने छ। त्यस्तै, बैठकले कार्यव्यवस्था समितिको पनि गठन गरेको छ। जसको सदस्यहरूमा गणेश सिंह, राजु नेपाली ,डिलबन्धु श्रेष्ठ , पदम रोकाय र शोसिला शाही रहेका छन्।  प्रदेश सभाको अर्को बैठक फागुन ९ गते बुधबारका लागि बोलाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.