|

उदयपुर : उदयपुरको बेलका नगरपालिकामा पहिलोपटक प्याराग्लायडिङ र र्‍याफ्टिङको सफल परीक्षण गरिएको छ। बेलका नगरपालिकाको पर्यटन विकास समितिले शनिबार सफल परीक्षण गरेको हो।

बेलका नगरपालिका प्रमुख दुर्गा थापा स्वितिकले आन्तरिक तथा बाह्य पर्यटकको वृद्धि गर्नका लागि परीक्षण गरिएको बताए। बेलका नगरपालिका–८ बोपताङ र चम्पाकोट डाँडाबाट प्याराग्ल्याइडिङको  सफल उडानको  सफल परीक्षण गरिएको हो।

नेपाल प्याराग्ल्याडिङ एन्ड ह्याङ ग्ल्याडिङ संघले राष्ट्रिय खेलकुद विकास समितिको सहयोगमा सफल उडान परीक्षण गरेका थिए। संघले प्याराग्ल्याडिङ प्रशिक्षण केन्द्र खोल्नको लागि सम्भाव्यता अध्ययनको क्रममा उदयपुरको दुई ठाउँबाट सफल उडान परीक्षण गरेका नगरप्रमुख थापाले बताए।

बोपताङ डाँडा समुद्र सतहदेखि ५ सय १० मिटर र चम्पाकोट डाँडा समुद्र सतहदेखि ७ सय मिटरमा रहेको नेपाल प्याराग्ल्याडिङ एन्ड ह्याङ गल्याडिङ संघ सुनसरीका सचिव विकास आचार्यले बताए। उनका अनुसार उडान गर्दाको एलिभेयसन बोपताङ डाँडाबाट ४ सय ५० मिटर र चम्पाकोट डाँडाबाट ५ सय ५० मिटरभन्दा बढी रहेको छ।

यसैक्रममा सप्तकोसी क्षेत्रमा पर्ने बेलका नगरपालिकाकोे रानीटार, मनिटार र कोठुबाट र्‍याफ्टिङको परीक्षण गरिएको थियो। पर्यटन विकास समितिका सदस्य प्रशुराम राईका ६ हजार, तीन हजार र एक हजारको प्याकेज समेत व्यवस्था गरिएको जानकारी दिए।

धनकुटा, भोजपुर र खोटाङसम्म र्‍याफ्टिङ प्याकेज सञ्चालनमा ल्याएको छ। उदयपुरको रानीटार, मनिटार र धनकुटाको मुलघाटसम्म अहिले एक दिने र दुई दिने प्याकेजका साथ दुई वटा पानी बोट सञ्चालनमा ल्याएका पर्यटन विकास समितिका सदस्य पर्शुराम राईको भनाइ छ।

निकट भविष्यमै एउटा जेट बोड (पानी जहाज) र दुई वटा जेएकी बोट (पानी मोटरसाइकलसमेत सञ्चालनमा ल्याउने समेत बताइएको छ। चम्पाकोट डाँडाको उडान नै प्रदेश नं. १ को राम्रो रहेको आचार्यले बताए। आचार्यका अनुसार उदयपुर प्याराग्ल्यडिङ प्रशिक्षण केन्द्रको लागि अति उत्तम देखिएकोले यहाँ प्रशिक्षण केन्द्र सञ्चालन गर्नको लागि सम्भावना रहेको बताए।

प्याराग्ल्याडिङ परीक्षणका लागि बोपताङ र चम्पाकोट डाँडाबाट ८ वटा सफल उडान परीक्षण गरिएको बेलका नगरपालिकाका मेयर तथा पर्यटन विकास समितिका संयोजक दुर्गा थापा (स्वतिक)ले बताए। उनका अनुसार प्यारा गल्याडिङ संघलाई प्रशिक्षण केन्द्र खोल्नका लागि चाहिने आवश्यक संरचना तथा जग्गा उपलब्ध गराउने बताए।

यसैगरी, बेलका नगरपालिकाले सप्तकोसी नदी क्षेत्रमा र्‍याफ्टिङको पनि सफल परीक्षण गरेको छ। रानीटार, मनीटार, कोठु सहित तीन क्षेत्रबाट र्याफ्टिङको व्यवस्था गर्ने भएको छ।

धनकुटा र उदयपुरको सिमानामा पर्ने मुलघाटबाट अहिले एक दिने र दुई दिने प्याकेज समेत घोषणा गरेको छ। हाल दुई वटा पानी बोट संचालनमा ल्याएका पर्यटन विकास समितिका सदस्य प्रशुराम राईले बताए। उनले निकट भविष्यमै एउटा जेट बोड (पानी जहाज) र दुई वटा जेएकी बोट (पानी मोटर) सञ्चालनमा ल्याउनेसमेत बताए। उनका अनुसार आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्नको लागि दुईवटा डुंगा अहिले सञ्चालनमा ल्याएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.