|

सुनसरी : भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूमिमा सर्वे थालेको छ। नेपाल–भारत दशगजा क्षेत्रमा रहेको आफ्नो सीमा स्तम्भ हराएको भन्दै एसएसबीले सुनसरीतर्फको भूमिमा सर्वे थालिएको हो। 

भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालतर्फको सुरक्षाकर्मीसहितको सहयोगमा संयुक्त सर्वेअघि बढाएको हो। एसएसबी ४५ बि बटालियन सुपौल भारतको बि कम्पनीका सहायक सेना नायक जितेन्द्रसिंह सेखावतले सीमा स्तम्भ हराएको आशंकामा सर्वे तथा अनुगमनको कार्य थालिएको बताए।

हराएका स्तम्भको पहिचान गरी नयाँ पिलर राख्नका लागि टोली परिचालन गरिएको ४५ बि बटालियनले जनाएको छ। सर्वे टोलीमा नेपाल–भारत दुवै देशका सर्वे अधिकारीसहित सुरक्षा टोलीको सहभागिता रहेको छ। भारतीय पक्षले आफ्नो भूमि तर्फको स्तम्भ गायव भएकाले खोजीका लागि सर्वे थालिएको बताए पनि नेपाली पक्षले भने भारतीय सर्वे टोलीको सुरक्षासँगै सर्वेमा संयुक्त उपस्थिति जनाएको बताएको छ। 

सशस्त्र सीमा सुरक्षा बल सुनसरीका प्रहरी उपरीक्षक ऋषिदेव कार्कीले दशगजा क्षेत्रमा संयुक्त सर्वे भइरहेको बताउँदै नेपाली सुरक्षाकर्मी भारतीय पक्षको सुरक्षाकालागि खटिएको बताए। सर्वेका क्रममा कुनै त्रुटि भेटिए सर्वेमा खटिएका दुवै देशको संयुक्त टोलीले निर्णय लिने प्रहरी उपरीक्षक कार्कीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.