|

कावासोती : प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी १० वर्षभित्र प्रदेश ४ मा  ५ हजार मेगावाट विद्युत् उत्पादन गरेर अन्य प्रदेशलाई बेच्ने बताएका छन्। शनिबार पूर्वी  नवलपरासीको देबचुली नगरपालिकामा रहेको जनज्योति माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घााटन गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश ४ लाई जलविद्युतको माध्यमाबाट आत्मनिर्भर बनाउँने गुरुङले बताएका हुन्। 

उनले भने,‘हाम्रो प्रदेश जलस्रोतले धनी छ। विद्युत उत्पादनको लागि भूगोलसमेत मिलेको कारण आगामी १० बर्षभित्र यस प्रदेशमा ५ हजार मेगावाट विद्युत् उत्पादन गरेर अन्य प्रदेशलाई बेच्न छौँ।’ मुख्यमन्त्री गुरुङले प्रदेश ४ को तीन स्थानमा २ बर्षभित्र औद्योगिक क्षेत्र घोषणा गर्ने बताए। औद्योगिकरणका हिसावले ५औँ स्थानमा रहेको यो प्रदेशका ३ स्थानमा २ वर्षभित्रै औद्योगिक क्षेत्र घोषणा गरेर बाहिरी लगानी भित्र्याउने वातावरण बनाउने बताए। 

प्रदेश ४ को सबै घरमा विजुली र शुद्ध खानेपानीको व्यवस्था आफ्नो दोस्रो प्राथामिकतामा रहेको बताए। त्यस्तै, प्रदेश ४ को कुनै एक जिल्लामा प्राविधिक विश्वविद्यालय निर्माण गरिनेसमेत मुख्यमन्त्री गुरुङले बताए। उनले भने,‘ यो प्रदेशको कुनै एक जिल्लामा  प्राविधिक विश्वविद्यालय स्थापना गरी रोजगारीको अवस्था सिर्जना गर्ने र युवाहरू विदेश जानबाट रोक्न सघाउने छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.