|

बुटवल : नेपाली कांग्रेस प्रदेश ५ ले संसदीय दलको नेता चुन्न नसकेपछि निर्वाचन गर्ने भएको छ। केन्द्रीय सदस्य तथा प्रदेश ५ को संयोजनको जिम्मा पाएका बालकृष्ण खाँडको उपस्थितिमा बसेको बैठकले निर्वाचनका लागि डा. बुद्धबहादुर थापाको संयोजकत्वमा निर्वाचन समिति बनाएको छ। 

समितिको सदस्यमा वरिष्ठ अधिवक्ता शालिकराम बन्जाडे र अधिवक्ता राजन नेपाल रहेका छन्।  निर्वाचन समितिले निर्वाचन तालिका समेत सार्वजनिक गरिसकेको छ। जसअनुसार शनिबार मतदाता नामावली प्रकाशन, दाबी विरोधको समय तोकिएको छ। यस्तै, उम्मेदवारी दर्ताका लागि सोमबार दिउँसो १ बजेसम्मको समय तोकिएको छ। १ः१५ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ३ बजेदेखि मतदान गर्ने तय भएको निर्वाचन समितिका संयोजक थापाले जानकारी दिए। 

कांग्रेस संसदीय दलको नेता बन्न ८ जनाले इच्छा देखाएपछि निर्वाचनबाट टुंगो लगाउने निर्णय भएको हो। ‘धेरै साथीहरुले इच्छा देखाउनुभएको छ’,कांग्रेस केन्द्रीय सदस्य खाँडले भने,‘त्यसैले निर्वाचनबाट टुंगो लगाउने निर्णय भयो।’

दलको नेता बन्न डिल्ली चौधरी, वीरेन्द्र कनौडिया, वीरबहादुर राना, बलदेव शर्मा पोखरेल, अर्जुन श्रेष्ठ, अष्ठभूजा पाठक, फकरुद्दिन खाँ र वैजनाथ जयसवालले इच्छा देखाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.