|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विस्तारका बारेमा माओवादीसँग सकारात्मक कुराकानी भइरहेको बताएका छन्। प्रधानमन्त्री ओलीलाई शुभकामना तथा बधाई दिन एमाले पार्टी कार्यालय धुमबराही पुगेका विभिन्न संघ संस्थाका प्रतिनिधिसँगको भेटघाटपछि प्रधानमन्त्री ओलीले सरकार विस्तारका लागि छलफल भइरहेको बताएका हुन्।

बधाई ग्रहण पश्चात  संचारकर्मीसँग संक्षिप्त प्रक्रिया दिँदै प्रधानमन्त्री ओलीले सरकार विस्तारबारे छलफल भइरहेको र त्यो सकारात्मक रूपमा अघि बढेको जानकारी दिए। गत बिहीबार मुलुकको नयाँ प्रधानमन्त्रीको रूपमा सपथग्रहण गरेका प्रधानमन्त्री ओलीलाई शुभकामना दिन शनिबार पार्टी कार्यालयमा ठूलो भीड लागेको थियो।

प्रधानमन्त्री ओलीसँगै अध्ययन गरेका, झापाका विभिन्न क्षेत्रबाट राजधानी आएर बसेका पार्टीका सम्पर्क कमिटी तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूले प्रधानमन्त्री ओलीलाई भेटेर बधाई तथा शुभकामना दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.