|

काभ्रेपलाञ्चोक : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी विधि, नीति र संविधान सम्मत तोकिने बताएका छन्। शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा धुलिखेल नगरपालिकाको ३२औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमको बोल्दै मुख्यमन्त्री पौडेलले प्रदेशको राजधानी तोक्न हतार नभएको बताए। 

‘मैले चाहेर हेटौँडा राजधानी राख्न सकिदैन। तपाईँहरूले चाहेर अन्त सार्न पनि सकिँदैन’, पौडेलले भने, ‘संसद बैठकमा यस विषयले अवश्यक स्थान पाउनेछ। विधि र प्रक्रियाबाटै स्थायी राजधानीको टुंगो लाग्छ।’ उनले जुन कामको लागि भनेर अस्थायी मुकाम तोकिएको छ त्यस कामको सुरुवातसमेत नभएको बताए। उनले आफू १३ जिल्लाको साझा व्यक्तित्व भएकाले आफूप्रति गरेको विश्वासलाई मर्न नदिने प्रतिबद्धता पनि जनाए। पौडेलले भने, ‘प्रदेश सरकार कस्तो हुने भन्नेमा आफूलाई समेत थाहा छैन।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.