|

बारा : थ्री स्टार क्लबलाई पराजित गर्दै नेपाली सेनको विभागीय टोली  त्रिभुवन आर्मीले क्लब नवौँ संस्करणको सिमरा गोल्डकपको उपाधि हात परेको छ। बाराको सिमरा रंगशालामा शनिबार सम्पन्न फाइनलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो।

विजेता भएसँगै आर्मीले ५ लाख ५१ हजार हात पारेको छ भने उपविजेतामा सीमित थ्री स्टारले २ लाख ५० हजारमा चित्त बुझाउनु परेको हो। पहिलो हाफमा गोल रहित बराबरी खेलेको आर्मीले खेलको ५८ औँ मिनेटमा पहिलो गोल गरेका थिए। आर्मीलाई दिनेश हेम्जनले अग्रता दिलाए। यस्तै, खेलको ७३औँ मिनेटमा नवयुग श्रेष्ठल गोल गरे। 

प्रतियोगिताभर ३ गोल गरी सर्वाधिक गोलकर्ता बनेका आर्मीका खेलाडी दिनेश हेम्जन सर्वोकृष्ठ खेलाडीको ट्रफि हात पारेका छन्। दिनेशले यामाहाको मोटरसाइकल प्राप्त गरे।

त्यस्तै, आर्मीका जर्गप्रिन्स कार्कीले उत्कृष्ठ फर्वाडको पुरस्कार प्राप्त गरेका छन्। आर्मीका प्रशिक्षक नवीन न्यौपाने प्रतियोगिताको उत्कृष्ठ प्रशिक्षक घोषित भए। उत्कृष्ठ गोलरक्षक आर्मीका विकेश कुथु, उत्कृष्ठ मिडफिल्डर थ्री स्टारका निराजन खड्का, उत्कृष्ठ डिफेन्डर आर्मीका विमल पाण्डे घोषित भए। 
विभिन्न ७ विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.