|

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ लाई देशकै समृद्ध प्रदेश बनाउने दृढता व्यक्त गरेका छन्। जम्कट्टेल वंश एकता प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको सम्मान तथा शालिक अनावरण समारोहलाई सम्बोधन गर्दै उनले प्रदेश १ मा रहेका विकासका सम्भावनालाई सदुपयोग गर्दै देशकै नमुना प्रदेश बनाउने बताएका हुन्।

प्रदेशलाई समृद्ध बनाउन खँदिलो सामाजिक एकता आवश्यक रहेको बताउदै प्रदेशमा प्रचुर मात्रामा रहेका कृषि, उर्जा र जलस्रोतलाई सदुपयोग गर्दै प्रदेशलाई समृद्ध बनाइने बताए। मुख्यमन्त्री राईले सबै प्रकारका राजनीतिक क्रान्तिहरू पूरा भइसकेकाले अब प्रदेश र देशले आर्थिक क्रान्तिमा फड्को मार्ने विश्वास व्यक्त गरे। 

कार्यक्रममा धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) फाउण्डेशन कै कुञ्जना घिमिरे कट्टेल (सुन्तली) र तेजस्मरण शक्तिले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल अर्पण शर्मा जम्कट्टेललाई आयोजक संस्थाद्वारा सम्मान गरिएको थियो। यस्तै, आयोजक संस्थाले धुर्मुस सुन्तली फाउण्डेशनलाई १ लाख १ हजार १ सय ११ र स्थानीय रोशन जम्कट्टेलको परिवारबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्राप्त भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.