समाज : सुरक्षा/अपराध

इटहरीबाट पेस्तोलसहित २ पक्राउ
SHARES

फागुन ५, २०७४

    सुनसरी : इलाका प्रहरी कार्यालय इटहरीले अमेरिकन पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ। सादा पोसाकमा खटिएको प्रहरीको टोलीले इटहरी–५ जनताबस्तीबाट ९ एमएमको एक राउण्ड गोली र पेस्तोलसहित शनिबार दिउँसो स्थानीय २२ वर्षीय यामबहादुर लिम्बू र २१ वर्षीय रोहन बस्नेतलाइ पक्राउ गरेको हो।

    इटहरी–९स्थित बसपार्कमा ‘ग्याङ फाइट’ हुन लागेको सूचनाको आधारमा प्रहरीको टोलीले निगरानी बढाएको थियो। सोही क्रममा लिम्बूको साथबाट पेस्तोल बरामद गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक सञ्जय राउतले जानकारी दिए। पक्राउ परेका दुवैलाई हातहतियार तथा खरखजना ऐन अन्तर्गत कानुनी कारबाही गरिने राउतले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]