यसअघि सर्वाधिक लामो ३१ खेलसम्मको अपराजित यात्रा बराबरी

|

ला लिगाअन्तर्गत अघिल्ला दुई खेलमा लगातार बराबरी भोगेको बार्सिलोना शनिबार राति भएको खेलमा एइबरलाई २-० ले हराउँदै लिगमा दोस्रो स्थानको एथलेटिको म्याड्रिडसँग १० अंकको अग्रता बनाउएको छ। योसँगै बार्सिलोनाले लिगमा आफ्नो सर्वाधिक लामो अपराजित यात्राको कीर्तिमान बराबरी गरेको छ। बार्सिलोना सर्वाधिक लामो समय ३१ खेलसम्म अपराजित रहेको छ। बार्सिलोना अघिल्लो सिजनका अन्तिम सात खेलयता निरन्तर अपराजित रहेको छ।

एइबरको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले अधिकांश समय खेल आफ्नो पकडमा पारे पनि जितका लागि भने ठूलै संघर्ष गुर्न परेको थियो। मंगलबार च्याम्पियन्स लिगमा इंग्लिस क्लब चेल्सीविरुद्धको खेलका लागि वार्मअप खेलका रुपमा समेत हेरिएको प्रतियोगितामा बार्सिलोनाले स्टार खेलाडीलार्य विश्राम दिएको थिएन।

बार्सिलोनाविरुद्ध दोस्रो हाफको सुरुवातमा नै १० खेलाडीमा सिमित भएको एइबरले गोलका केही  मौका पाए पनि सदुपयोग गर्न सकेन। बार्सिलोनाले भने १६ औं मिनेटमा नै मेसीको आकर्षक क्रसलाई लुइस स्वारेजले गोलरक्षकलाई विट गर्दै टिमलाई अग्रता दिलाए। तर बार्सिलोनाले अग्रता दोब्बर पार्न दोस्रो हाफको ८८ औं मिनेट कुर्नुपरेको थियो।

८८ औं मिनेटमा लियोनेल मेसीले गरेको प्रहारलाई गोलरक्षकले रोकेपछि पाएको बललाई रिबाउन्डमा जोर्डी अल्बाले गोल गर्दै खेलमा २ गोलको अग्रता बनाउँदै बार्सिलोनालाई महत्वपूर्ण तीन अंक दिलाए।

बार्सिलोनाले यसअघि २०१०-११ मा पेप ग्वार्डिओला प्रशिक्षक रँहदा लालिगाका ३१ खेल सम्म अपराजित रहेको कीर्तिमान बनाएको थियो। जुन कीर्तिमानलाई अर्नेस्टो भाल्भेर्डाले बराबरी गर्न सफल भए। जारी सिजन बार्सिलोना २४ खेलबाट १९  जित र ५ बराबरी गर्दे ६२ अंक जोड्न सफल भएको छ। त्यस्तै एक खेल कम खेलेको एथलेटिको म्याड्रिडको ५२ अंक रहेको छ। त्यस्तै तेस्रो स्थानको भ्यालेन्सियाको ४३ र चौथो स्थानको रियलको ४२ अंक रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.