|

सर्लाही : सदरमुकाम मलंगवास्थित डिभिजन सहकारी कार्यालयका कमर्चरी बेकामे बनेपछि हाई हाडेर दिन बिताउन बाध्य छन्। सहकारी विभागले अर्को व्यवस्था नभएसम्म गर्दै आएका काम कारबाही नगर्नु भन्ने परिपत्र गरेकाले डिभिजन सहकारी कार्यालयका कर्मचारी कामविहीन बनेका हुन्।

‘विभागले यसअघि हुँदै आएका कुनै पनि काम नगर्नु नगराउनु भनेको छ,’ कार्यालयमा त्यतिकै बसिरहेका नायब सुब्बा धनराज गिरीले भने, ‘१० बजे आयो ५ बजायो अनि घर फर्कियो।’ कामविहीन हुँदा कार्यालयमा कार्यरत कर्मचारी निकै अल्छीपन बढ्दै गएको उनले गुनासो गरे। कार्यालयबाट हुँदै आएका नयाँ सहकारी संस्था दर्ता, सहकारी संस्थाको लेखा परीक्षणका लागि लेखा परीक्ष नियुक्त अनुमति, पुराना सहकारी संस्थाका जग्गा फुकुवालगायतका काम गत कात्तिकदेखि रोकिएको गिरीले जनकारी दिए। ‘अहिले त सहकारी संस्थाले बुझाउन ल्याएका मासिक, वार्षिक प्रगति प्रतिवेदन बुझ्ने र विभिन्न सहकारी संस्थाको साधारणसभामा सहभागी हुनेबाहेक केही काम छैन,’ उनले भने, ‘यसो राय सल्लाह दिने र सुपरीवेक्षण भने जाने गरेका छौं।

१२ कर्मचारीको दरबन्दी रहेका कार्यालयका प्रमुख विकाउ याद विभागमै काज सुरुवा गराएर बसेका छन्। कार्यालय प्रमुखविहीन सहकारी कार्यालयमा हाल कार्यरत २ नायबसुब्बा, एक लेखापाल, एक खरिदार, एक कम्प्युटर अपरेटर र एक कार्यालय सहयोगी कात्तिकयता दिनभुर कार्यालय कुर्ने र घर फर्किने गरेको छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.