|
बीबीसी

मेक्सिकोमा गृहमन्त्री र वरिष्ठ कर्मचारीहरु चढेको हेलिकोप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।

मेक्सिकोका गृहमन्त्री र दक्षिणी क्षेत्र ओसाकाका गभर्नरलाई सामान्य चोटपटक लागेको छ। मेक्सिकोमा आएको भूकम्प प्रभावित क्षेत्रको निरीक्षणका लागि गएको उक्त हेलिकोप्टरले अवतरण गर्ने क्रममा नियन्त्रण गुमाएको अन्तर्राष्टिय समाचार स‌स्था बीबीसीले उल्लेख गरेकाे छ।

दुर्घटनामा केही घाइते भएका छन्। मेक्सिकोमा शनिवार गएको भूकम्पमा दुई जनाको मृत्यु भएको थियो भने थुप्रै घर ध्वस्त भएका थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.