|
रासस

काठमाडाै‌ं : नामिबियामा सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को उपविजेता हुँदै २०१९ एकदिवसीय विश्वकप छनोट खेल्न छानिएको नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार राति स्वदेश फर्किएको छ। 

इतिहात एयरलाइन्सको विमानबाट नेपाली टोली शनिवार बेलुकी ७ः५५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको थियो। विमानस्थलमा टिमको स्वागतमा पूर्वखेलकुदमन्त्री दलजित श्रीपाली, नेपाल क्रिकेट संघका सीओओ छुम्बी लामा, वाईसीएलका अध्यक्ष दीपशिखा उपस्थित थिए।

टिमको स्वागत गर्न पुगेका समर्थकहरुले नेपाल क्रिकेट संघको खारेजीको माग राख्दै नारा लगाएका थिए। प्रतियोगितामा क्यानडाविरुद्ध रोमाञ्चक १ विकेटको जितमा चामत्कारिक ब्याटिङ गरेका करन केसीको पक्षमा पनि समर्थकहरूले नारा लगाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.