|
REUTERS

पाकिस्तानमा छ वर्षीया बालिका बलात्कारपछि हत्या गर्ने आरोपीलाई मृत्युदण्डको सजाय सुनाइएको छ। छ वर्षीया बालिका जइनब अन्सारीको बलात्कार तथा हत्याको अभियोग लागेका इमरान अलीलाई एउटा अदालतले मृत्युदण्डको सजाय दिएको हो।

जइनब अन्सारीको मृत शरीर गत महिना पाकिस्तानको लाहोरदेखि दक्षिणपट्टी पर्ने कसुर नगरमा फोहोरमैला फ्याँक्ने स्थानमा भेटिएको  थियो। बालिकाको २४ वर्षीय इमरान अलीले बालिकाको हत्या र बलात्कारमा संलग्न रहेको स्वीकार गरेका थिए।

अलीले अन्य बालबालिकालाई पनि आक्रमण गरी हत्या गरेको स्वीकार गरेका छन्। अलीले विगत करिब एक वर्षअघिदेखि आपराधिक क्रियाकलाप गर्ने गरेको स्थानीयबासीको भनाइ छ। उनीहरुले अलीलाई ढिलो पक्राउ गरेको भन्दै प्रहरीको आलोचना गरेका छन्।

अलीलाई अपहरण, बलात्कार, हत्या तथा आतंकवादको कसुरमा मृत्युदण्ड र अप्राकृतिक मैथुनको कसुरमा आजीवन कारावासको सजाय समेत सुनाइएको छ। उनलाई पुनरावेदन गर्न १५ दिनको समय दिइएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.