|
AFP

फ्लोरिडा गोलीकाण्डमा बाँच्न सफल भएकाहरूले अमेरिकामा बन्दुक राख्न पाउने कानुनलाई नियन्त्रण गर्न माग गरेका छन्। हत्याकाण्डमा मारिएकाको सम्झनामा गरिएको श्रद्धाञ्जली कार्यक्रमका सहभागीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लज्जाबोध गर्नुपर्ने भन्दै बन्दुक राख्न पाउने कानुन नियन्त्रण गर्न अपिल गरे।

राष्ट्रपति डोनल्ड ट्रम्पले भने आफनो प्रशासनको पहिलो प्राथमिकता अमेरिकी विद्यालय र विद्यार्थीको सुरक्षा हुने बताएका छन्। फ्लोरिडाको पार्कल्याण्डमा गरिएको श्रद्धाञ्जली समारोहमा सो विद्यालयका शिक्षक, विद्यार्थी र राजनीतिक दलका नेताहरुको उपस्थिति थियो।

अमेरिकी राजनीतिक विश्लेषकहरु अमेरिकामा हत्या हिंसा अन्त्यका लागि बन्दुकको संस्कृति बन्द गर्नुपर्ने बताए। अमेरिकी रिपब्लिकन पार्टीका नीति निर्माताहरु भने बन्दुकमाथिको प्रतिबन्ध तत्काल लगाउने पक्षमा छैनन्।

फ्लोरिडामा केही दिनअघि निकोलस क्रुज नामका किशोरले गोली हानी १७ जना विद्यार्थीको हत्या गरेका थिए। यसअघि सन् २००७ म भर्जिनियामा त्यस्तै गोलीकाण्डमा ३२ जना मारिएका थिए।

सन् २०१२ मा अमेरिकाको स्यान्डी हकमा अर्का बन्दुकधारीले विद्यालयमा गोली हानेर २८ जनाको हत्या गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.