|

चितवन :  चितवनको इच्छाकामना गाउँपालिका–६ जलवीरेमा पिसाब गर्ने क्रममा लडेर एक यात्रुको मृत्यु भएको छ। नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत जलवीरेमा गाडी रोकेर पिसाब फेर्न सडकछेउ पुगेका तनहुँको भानु नगरपालिका–३ का ५५ वर्षीय विष्णु जोशीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

भीरको बिचमा अड्किएको अवस्थामा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।  ग १ ख ४१५५ नम्बरमा बसमा लुम्बिनीमा पिकनिक खाएर फर्किने क्रममा सो घटना भएको हो। 

सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोली र जनपद प्रहरीको संयुक्त टोलीले शनिवार राति नै शव निकालेर पोष्टमार्टमका लागि तनहुँ पठाएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.