नयाँ कार्यविधि र निर्देशिका आएको छैन : नगरपालिका

|

उदयपुर : जिल्लामा खोलिएका निजी स्वास्थ्य संस्था सरकारी मापदण्ड विपरीत रहेको पाइएका छन्। ती अस्पतालहरूले स्वास्थ्य संस्था सञ्चालन तथा मापदण्ड निर्देशिकाले तोकेअनुसारको मापदण्ड पूरा गरेका छैनन्।

निर्देशिकाअनुसार निजी अस्पताल सञ्चालनका लागि न्यूनतम एक जना एमबीबीएस डाक्टर अनिवार्य राख्नु पर्ने, आप्mनै भवनमा अस्पताल सञ्चालन हुनुपर्ने, भाडा लिएको भवन भए पार्किंङलगायत सुविधा उपलब्ध गराउनु पर्ने व्यवस्था छ। यस्तै, जनस्वास्थ्य कार्यालयमा मासिक प्रतिवेदन बुझाउनु पर्ने, सुपरिभिजन फारम, कर्मचारी विवरण, लेखापरीक्षण तथा सेवा शुल्क विवरण प्रष्ट खुलाउने पर्ने प्रवधान छ। 

तर, उदयपुरका विभिन्न बजार क्षेत्रमा सञ्चालित अस्पताले उक्त मापदण्ड पूरा नगरेको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी दुनियाँलाल यादवले बताए। उनले भने, ‘हामीले पटक पटक ताकेता गर्दा पनि निजी अस्पताल सञ्चालकहरूले अटेर गर्ने गरेका छन्।’

ती अस्पतालहरूले नवीकरण समेत गरेका छैनन्। सूचना अधिकारी यादवले भन्छन्, ‘प्रायः निजी अस्पतालका सञ्चालकले पावर देखाउँदै हिँड्ने गरेका छन्।’ सूचना अधिकारी, यादवले भने,    

उदयपुरमा करिव दुई दर्जनको हारहारीमा निजी स्वास्थ्य संस्था सञ्चालनमा छन्। तीमध्ये कतिपय जनस्वास्थ्य कार्यलयमा दर्ता समेत नगरी सञ्चलान भएका छन्। जिल्लामा कति वटा निजी स्वास्थ्य संस्था सञ्चालनमा छन् भन्ने तथ्यांक जिल्ला जनस्वास्थ्य कार्यालयसँग पनि छैन।

जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख सागर प्रसाईले निजी अस्पतालाई अनुमगन गर्ने, सरकारी दायरामा ल्याउने जिम्मा स्थानीय सरकारको रहेको बताउँछन्। ‘चैत २८ गतेदेखि जनस्वास्थ्य कार्यालय नै नराख्ने भनिएको छ,’ प्रमुख प्रसाईले भने, ‘हामी अनुगमन गर्न जाँदा स्थानीय सरकारले हाम्रो अधिकार भन्छ, किन हामीले रिक्स लिनु।’

कार्यालयका अनुसार निजी अस्पतालबारे आएका गुनासो, समस्या स्थानीय तहमै समन्वय गरेर मिलाउने गरिएको छ। 

कटारी नगरपालिका नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले नगरपालिकाकाले निजी स्वास्थ्य संस्था अनुगमन गर्नेबारे कार्यविधि प्रष्ट रुपमा नआएको बताए। ‘स्थानीय तहको सबै जिम्मा स्थानीय सरकारलाई दिइएको छ,’ उनले भने, ‘अहिले हामीले अनुगमन गर्दा जनस्वास्थ्य कार्यालयले हाम्रो अधिकारको कुरा हो भन्छ, नयाँ कार्यविधि र निर्देशिका आएको छैन।’

जिल्लाको चार नगरपालिका र चार गाँउपालिकामा पर्ने कटारी, गाईघाट, घुर्मी, नेपालटार, रुपाटार, बेल्टार, बसाहा, रामपुरलगायतका क्षेत्रमा निजी स्वास्थ्य संस्था सञ्चालनमा छन्। 

लापरवाही यस्तो छ

एक साताअघि मात्र त्रियुगा नगरपालिका–३ मोतिगडामा सञ्चालन भएको आयुष आयुर्वेदिक क्लिनिकले ठगी गरेको आरोपमा सञ्चलक र डाक्टर पक्राउ परे। फिस्टुला, पायल्स, हाइड्रोसिलको ग्यारेन्टी उपचार भन्दै बिरामीलाई ठगी गरेको आरोपमा सञ्चालक बाबुराम कार्की र डाक्टर सुजित यादव पक्राउ परे पनि आरोप पुष्टि नभएको भन्दै जिल्ला प्रहरी उदयपुरले छाडिदियो। 

‘नगरपालिका र वडा कार्यालयले सिफारिसमा खोलिएको आयुर्वेदिक क्लिनिल रहेछ,’ जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी नवराज भट्टले भने, ‘डाक्टर नक्कली भने पनि अनुसन्धानपछि सक्कली भएको पाइयो।’ 

दुई साताअघि उदयपुरका औषधि पसलमा औषधि व्यवस्थापन विभागले गरेको अनुगन गर्दा धेरै औषधि पसलका सञ्चालक फरार भएका थिए। अनुगमनका क्रममा विभागले केही औषधी पसललाई मापदण्ड पूरा नभएको भन्दै पूरा गर्न निर्देशन दिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.