|

गोरखा : मनास्लु संरक्षण क्षेत्रको लार्केपासका लागिल हिँडेका एक विदेशी शुक्रबारदेखि सम्पर्कविहीन भएका छन्। कोरियन नागरिक जोन्जमान सङ चुमनुब्री गाउँपालिका १  स्थित सामागाउँबाट शुक्रबारदेखि हराएका हुन्।  

सँगै गएका ट्रेकिङ गाइडलाई छोडेर आफ्नो सुरमा हिँडेका कारण जोन्जमान सङ हराएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी प्रकाश अधिकारीले जानकारी दिए। उनी हिमालय फ्यामेली प्रा.ली.बाट लार्केपास गर्न गाईड बासु थापासँग गएका थिए।

सामागाउँ प्रहरी चौकीका प्रहरीहरुले उनको खोजीकार्य गरिरहेको अधिकारीले बताए। सामागाउँ गोरखा सदरमुकाम देखि पाँच दिनको पैदल यात्रा पछि मात्रै पुगिन्छ। लार्केपास गर्न हरेक वर्ष हजारौँको संख्यामा स्वदेशी तथा विदेशीहरु आउने गर्छन। लार्केपास पाँचहजार एकसय ६५ मिटर उचाइमा रहेको छ।

खोजीमा गएकाहरु बाक्लो हिउँ जमेको कारण साम्दोबाट अन्य क्षेत्र जान सक्ने अबस्था नरहेको सामागाउँ प्रहरीलाई उदृत गर्दै एसपी अधिकारीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.