|

काठमाडौं : प्रदेश २ को मुख्य महान्यायाधिवक्तामा अधिवक्ता दीपेन्द्र झा नियुक्त भएका छन्।

मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले नेपालको संविधानको धारा १६० को उपधारा २ अनसार अधिवक्ता झालाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्। 

नवनियुक्त मुख्यन्यायाधिवक्ता झाले नेपाल ल क्याम्पसबाट संवैधानिक तथा फौजदारी कानुनमा स्तातकोत्तर गर्नुभएको छ। यस्तै, उनले कान तथा मानव अधिकारको क्षेत्रमा १२ वर्षदेखि अध्ययन अनुसन्धान गर्दै आएका छन्।

यस्तै बेलायतकाे ब्रान्डफोर्ड विश्वविद्यालयबा६ शान्ति तथा व्यवस्थापन विषयमा स्नात्ताकोत्तर र थाइल्यान्डको महिडोल विश्वविद्यालयबाट मानव अधिकारको विषयमा पनि स्नातक तह उत्तीर्ण गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.