|

काठमाडौं : ९ चैतबाट प्रदर्शनमा आउने फिल्म ’शत्रु गते’ को पोष्टर सार्वजनिक गरिएको छ। फिल्मको रिलिजको लागि एक महिनाको समय बाँकी रहँदा निर्माण युनिटले पोस्‍टर सार्वजनिक गरेको हो। सार्वजनिक पोस्‍टरमा फिल्मका तीन जोडीलाई देखाइएको छ।

पोस्‍टरमा हरिवंश आचार्य र दीपाश्री निरौला, दीपकराज गिरी र प्रियंका कार्की तथा पल शाह र अञ्‍चल शर्माको जोडी देखाइएको छ। फिल्म नगरीमा तीन पुस्ताको रूपमा बुझिने यि तीन जोडीलाई समेटेर नै पोस्‍टर तयार गरिएको छ। श्रीधर पौडेलको फोटोग्राफी रहेको यी पोस्‍टरहरू टौवा क्रिएसनका लागि विजय बस्याल र शान थापाले तयार गरेका हुन्।

एक पोस्‍टरमा फिल्मका अन्य कलाकार मदनकृष्ण श्रेष्ठ, किरण केसी, शिवहरि पौडेल, बसुन्धरा भुसाल, राजाराम पौडेललाई पनि देखाइएको छ।

फिल्मले यसअघि दुई गीत सार्वजनिक गरिसकेको छ। दुवै गीतलाई दर्शकले खुबै रुचाइरहेका छन्। सार्वजनिक पहिलो गीत 'रूपै मोहनी'लाई युट्युबमा ९४ लाख पटक हेरिसकिएको छ भने दोस्रो सार्वजनिक गीत 'पिरतीको बर्को'लाई पनि दर्शकले रुचाइरहेका छन्।

मह सञ्‍चारको ब्यानरमा निर्माण भएको फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका छन्। फिल्मका प्रस्तुतकर्ता किरण केसी हुन्। फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको छ।

रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरि पौडेल फिल्मका निर्माता हुन्। दीर्घ गुरुङले खिचेको फिल्मलाई मित्र डी गुरुङले सम्पादन गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.